४ माघ २०७८, मंगलवार

बैकिङ कसुर मुद्दामा भारतीय नागरिक पक्राउ

२०७८,कार्तिक,२२,सोमवार २१:१७

9
Shares

नेपाल प्रहरीले बैंकिङ कसुर मुद्दामा फरार भारतीय नागरिकलाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले रु नौ लाख ५० हजार जरिवाना गरेपछि फरार रहेका भारत मोतिहारीका ४५ वर्षीय राजहरण साहलाई आज दिउँसो पक्राउ गरेको हो ।

ब्यूरोका प्रहरी उपरीक्षक कमल थापाले उच्च अदालत पाटनको विसं ०७७ माघ २६ को फैसलाअनुसार सात दिन कैद र बिगोबमोजिम रु नौ लाख ५० हजार जरिवाना ठहर गरेपछि फरार रहेका साहलाई आज दिउँसो काठमाडौँको कमलपोखरीबाट पक्राउ गरिएको जानकारी दिए । पक्राउ परेका साहले ग्लोबल आइएमई बैंक लिमिटेडको ज्ञानेश्वरको खातामा पर्याप्त मौज्दात नहुँदा नहुँदै झुक्यानमा पारी चेक दिएर बैंकिङ कसुरजन्य अपराध गरेका थिए । उच्च अदालतले साहलाई बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ उल्लिखित सजाय हुने गरी फैसला सुनाएको थियो । साहलाई फैसला कार्यान्वयनका लागि आजै ललितपुर जिल्ला अदालत पेस गरिएको प्रहरी उपरीक्षक थापाले बताए ।

प्रकाशित मिति: २०७८,कार्तिक,२२,सोमवार २१:१७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

रसुवा । रसुवामा ६ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेका एक युवालाई रसुवा जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ । नुवाकोट

कपिलवस्तु । श्रीमतीलाई मारेको अभियोगमा एक जनालाई प्रहरीले सात वर्षपछि पक्राउ गरेको छ । आगो लगाएर श्रीमतीको हत्या गरेको अभियोगमा

काठमाडौं । अदालतबाट २६ लाख रुपैयाँ जरिवाना भएपछि फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँका

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले नेपाल प्रहरीका २६ जना वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी)काे एकसाथ सरुवा गरेका छन् । जसअनुसार उमेशराज

ताजा समाचार