भरतपुरमा बम विस्फोट

चितवन :  भरतपुरमा अार्इतबार बिहानै बम विस्फोट भएको छ । भरतपुर अोरालोनजिकैए रोयल सेन्चुरी होटल र भाटभटेनी सुपरमार्केटको बीचमा अाज बिहान ३ बजेट ४५ मिनेट जाँदा बम विस्फोट भएको हो । 

चितवन प्रहरीका उपरीक्षक दीपक थापाले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले बम बिस्फोट गराएको बताएका छन् । विप्लव समुहले अाज नेपाल बन्दको घोषणा गरेको बताएको छ । 

बिस्फोटका कारण भाटभटेनी सुपरमार्केटको सिसा फुटेको छ । मानवीय क्षति भने नभएको प्रहरीले जानकारी दिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?