प्रधानन्यायाधीशविरद्ध आन्दोलित नेपाल बार एसोसिएसनले थप आन्दोलनको घोषणा गरेको छ । जसअनुसार बारको आज बसेको बैठकले कात्तिक २८ देखि तीन दिन कालोपट्टी बाँधेर देशभर विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ ।
यस्तै कार्तिक २३ देखि ३० गते सम्म उपत्यका भित्रका सबै अदालतमा बिहान १० देखि मध्यान्ह १२ बजेसम्म इज्लास बहिस्कार गर्ने निर्णय भएको छ ।
बैठकले प्रधानन्यायाधीशले बोलाएको न्याय परिषद् सहित न्याय सेवा आयोग लगायतको कुनै पनि बैठकमा उपस्थित नहुने निर्णय गरेको एक पदाधिकारीले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया