प्रधानन्यायाधीशको बचाऊ गर्दै माईतीघरमा प्रदर्शन

लोकपथ
140
Shares

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको बचाऊ गर्दै सोमबार काठमाडौंको माईतीघरमा प्रर्दशन गरिएको छ ।

अखण्ड नेपाल हिन्दु अधिराज्य पुर्नस्थापना र्‍याली तथा विरोधसभा नामको ब्यानरमा प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै आन्दोलनरत कानुन व्यवसायीहरुको विरोधमा प्रर्दशन गरिएको हो । विरोध प्रर्दशनमा बोल्दै वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले सत्तामा भाग खोज्ने प्रधानन्यायाधिश जबराले भन्दा पहिलो त्यसमा भाग दिने प्रधानमन्त्री शेरबहादुर देउवाले पदबाट राजीनामा दिनुपर्ने तर्क व्यक्त गरे । उनले सत्ताको भाग दिने प्रधानमन्त्री देउवाको राजीनामा किन माग नगरेको भनेर कानुन व्यवसायीहरुलाई प्रश्न समेत गरे । वरिष्ठ अधिवक्ता न्यौपानेले भने, ‘एक छिनलाई मानौं–चोलेन्द्र शमशेरले सत्तामा भाग खोजे । सत्तामा भाग दिने मान्छे को ? शेरबहादुर देउवा । पहिले राजीनामा शेरबहादुर देउवाको मागौं । हाम्रा कानुन व्यवसायीहरुले शेरबहादुर देउवाको राजीनामा किन माग्दैनन् ?’

वरिष्ठ अधिवक्ता न्यौपानेले भारतीय र युरोपियन युनियनका मान्छेहरुलाई नेपाली नागरिकता दिने काम बन्द गरेपछि प्रधानन्यायाधीश जबराविरुद्ध आन्दोलन सुरु गरिएको दाबी समेत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?