भारतमा एकैदिनमा थप ११ हजार नयाँ संक्रमित २६६ को मृत्यु

RSS
260
Shares

काठमाडौं । भारतमा कोरोनाभाइरसबाट एकैदिनमा थप ११ हजार ४ सय ५१ जना नयाँ संक्रमित थपिएका छन् ।सोही अवधिमा अरु २ सय ६६ जनाको कारोनाभाइरसका कारणले मृत्यु भएको सरकारी अधिकारीहरुले सोमबार जानकारी दिएका छन् ।

केन्द्रीय स्वास्थ्य मन्त्रालयअनुसार पछिल्लो एक दिनमा १३ हजार २ सय ४ जना कोरोनाभाइरसबाट संकमणमुक्त भएका छन् । एउटै अवधिमा नयाँ संक्रमितहरुको संख्याभन्दा संक्रमणमुक्त भएकाहरुको संख्या धेरै भएकाले संक्रमित अवस्थामै रहेकाहरुको संख्या घट्दै गएको छ ।

भारतमा अहिले संक्रमित अवस्थामै रहेकाहरुको कुल संख्या एक लाख ४२ हजार ८ सय २६ रहेको छ । यो सख्या २६२ दिनपछिकै सवैभन्दा कम भएको पनि मन्त्रालयले जनाएको छ ।

भारतमा अहिले पनि कोरोनाभाइरसको महामारीको प्रभाव सवैभन्दा धेरै केरला राज्यमा देखिएको छ । केरलामा मात्रै पछिल्लो २४ घण्टामा पनि सात हजार १२४ जना नयाँ संक्रमित थपिएका छन् भने २१ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?