रुसमा पछिल्लो २४ घण्टामा ३९ हजार बढीमा कोभिड-१९ का संक्रमित थपिए

RSS
13
Shares

काठमाडौं । रुसमा पछिल्लो २४ घण्टामा ३९ हजार ४ सय कोभिड-१९ नयाँ संक्रमित थपिएका छन् । यो सँगै कुल संक्रमित को संख्या ८८ लाख ३४ हजार ४ सय ९५ पुगेको आधिकारिक अनुगमन तथा प्रतिक्रिया केन्द्रले सोमबार जानकारी दिएको छ।

यसैबीच कोभिड-१९ बाट मृत्यु हुनेको संख्या १ हजार १ सय ९० ले बढेर २ लाख ४८हजार ४ पुगेको छ भने निको हुनेको संख्या २५ हजार ५ सय ८२ ले बढेर ७५ लाख ८७ हजार ५ सय ६० पुगेको छ। त्यसैगरी राजधानी मस्कोमा पछिल्लो २४ घण्टामा ४ हजार ९ सय ८२ नयाँ संक्रमित फेला परेका छन् ।

यो सँगै राजधानीमा मात्र संक्रमित को संख्या १८ लाख ६६ हजार ६ सय ६ पुगेको छ। पछिल्लो जानकारी अनुसार छ करोड भन्दा बढी रूसी नागरिकहरूले कम्तिमा एक मात्रा खोप लगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?