बागमती सरकार सुरक्षित, मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत

लोकपथ
897
Shares

काठमाडौं । बागमतीका प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले विश्वासको मत प्राप्त गरेका छन् ।

आज बसेको प्रदेश सभाको बैठकमा मुख्यमन्त्री पाण्डेले ५९ मतसहित विश्वासको मत प्राप्त गरेका हुन् ।

मुख्यमन्त्री पाण्डेले नेपालको संविधानको धारा १६८ को उपधारा ४ बमोजिम विश्वासको मत मागेका थिए । प्रदेशमा सभाको बैठकमा कुल १०९ जना सदस्य रहेका छन् । जसमध्ये आजको बैठकमा १०४ जना सदस्यहरु मात्रै उपस्थित रहेका थिए । भने उनको पक्षमा ५९, विपक्षमा ४३ र तटस्थमा २ जनाको मत परेको थियो । विश्वासको मतको पक्षमा बहुमत रहेकाले मुख्यमन्त्री पाण्डे विश्वासको मत पाएको प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठले सभालाई जानकारी गराएका थिए । यससँगै बागमती प्रदेश सरकार सुरक्षित भएको छ ।

पाण्डेलाई नेकपा माओवादी केन्द्रका २३, नेपाली कांग्रेसका २२, नेकपा एकीकृत समाजवादीका १३, जनता समाजवादी पार्टीका १ जना सांसदले विश्वासको मत दिएका छन् ।

तत्कालिन मुख्यमन्त्रीबाट अष्टलक्ष्मी शाक्यले गत राजीनामा दिएसँगै कार्तिक ११ गते पाण्डे मुख्यमन्त्रीमा नियुक्त भएका थिए । मुख्यमन्त्री नियुक्त भएको १ महिनाभित्र विश्वासको मत लिनुपर्ने कानुनी प्रावधान बमोजिम उनले विश्वासको मत मागेका हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?