१२ मङ्सिर २०७९, सोमवार

उकालो लाग्यो शेयर बजार

२०७४,आश्विन,२४,मंगलवार १०:१७

0
Shares

काठमाडौँ, २४ असोज ।लगातार ओरालो लागेको धितोपत्र बजार आज भने झिनो अंकले उकालो लागेको छ ।नेपाल स्टक एक्सचेन्जका अनुसार बजार आज ०.७४ बिन्दुले उकालो लागेको हो । झिनो अंकले सुधार भएर बजार बढ्दा नेप्से परिसूचक एक हजार ५०२ बिन्दुमा पुगेको छ । ठूला कम्पनीका कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक समेत ०.२२ बिन्दुले बढेको छ ।आज कुल १५५ कम्पनीको छ लाख ७४ हजार ७८६ कित्ता शेयर रु ३० करोड सत्तरी लाख ६८ हजार ३१९ मूल्यमा कारोबार भएको छ । विकास बैंक समूह ०.८५, वित्त क्षेत्र ४.५१ र अन्य समूह ८.६७ अंकले उकालो लागेको छ भने बैंकिङ ०.३, व्यापार ३.३८, होटल ६.२१, बीमा ८.९९ र उत्पादन समूहका शेयर ११.६४ बिन्दुले ओरालो लागेको छ । लगातार घट्दै आएको बजारमा सामान्य सुधार हुँदा लगानीकर्तामा विश्वास बढेको बताइन्छ । 

प्रकाशित मिति: २०७४,आश्विन,२४,मंगलवार १०:१७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारको विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। आज एक अमेरिकी डलरको खरिद मूल्य १३०

पोखरा । पोखरा उद्योग वाणिज्य संघले आयोजना गर्दै आएको राष्ट्रिय औद्योगिक व्यापार मेला यो वर्ष मंसिर १६ गतेदेखि हुने भएको

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार अब यही मंसिर ६ गते मंगलबार मात्रै हुने भएको छ । आज शुक्रबार कारोबार

बाँके । गत बुधबार बाँकेको कोहलपुरस्थित कृषि बजारस्थलमा निकै घुँइचो देखियो । अपराह्न ४ बजेपछि त तरकारीको मूल्य पनि निकै

ताजा समाचार

गढ मानिने चितवन–३ मा कांग्रेस पाँचौँ
 २०७९,मङ्सिर,१२,सोमवार ११:०५
आज लगनगाँठो कस्दै अभिनेता सलोन
 २०७९,मङ्सिर,१२,सोमवार ०८:१६
स्पेन र जर्मनीको खेल बराबरी
 २०७९,मङ्सिर,१२,सोमवार ०७:३९