दोहोरो अंकले घट्यो नेप्से

RSS
117
Shares

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने दोहोरो अंकले ओरालो लागेको छ । दिपावलीको विदापछि खुलेको बजारमा नेप्से परिसूचक भने राताम्मे देखिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १९.२० अंकले घटेर दुई हजार ८२९.६४ मा ओर्लेको छ ।

ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स समेत २.७१ ले ओरालो लागेर ५२८.३७ मा ओर्लेको छ । कारोबार रकम पनि खासै बढेको छैन । कूल २३० कम्पनीको ७२ लाख सात हजार ३९६ कित्ता शेयर चार अर्ब ४२ करोड सात लाख १९ हजार १०३ रुपैयाँ मूल्यमा खरिद बिक्री भए ।

सोमबारको कारोबारपछि बजार पूँजीकरण ३९ खर्ब ७९ अर्ब सात करोड ६६ लाख १० हजार रुपैयाँ बराबर रहेको छ । नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये सोमबार तीन उपसमूहको शेयर उकालो लाग्यो भने १० उपसमूहको शेयर भने ओरालो लागेको छ । वित्त २१, सामूहिक लगानी कोष ०.०८ र लगानी उपसमूह ०.६३ अंकले बढेको छ ।

त्यस्तै, बैंकिङ १९.९६, व्यापार १४.७६, होटल तथा पर्यटन २९.६५, विकास बैंक ७०.०५, जलविद्युत् १३.०२, निर्जीवन बीमा १३७.३७, उत्पादन २९.३६, अन्य २३.१२, लघुवित्त ५५.३५ र जीवन बीमा १००.०४ अंकले घटेको छ । कारोबारका आधारमा महालक्ष्मी विकास बैंक शीर्ष स्थानमा छ । सो बैंकको ५२ करोड १० लाख तीन हजार ५९० रुपैयाँ बराबरको कारोबार भयो ।

त्यस्तै, नबिल बैंक ३० करोड ३३ लाख २९ हजार रुपैयाँ, आइसिएफसी फाइनान्स २२ करोड ४० लाख ८१ हजार ५२१, नेशनल हाइड्रोपावर रु १५ करोड ४१ लाख ५८ हजार र युनाइटेड मोदी हाइड्रोपावर १४ करोड आठ लाख ४० हजार ४२५ रुपैयाँ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे । नेप्सेका अनुसार आइसिएफसी फाइनान्स, साहस ऊर्जा, तेह्रथुम पावर कम्पनी, मानुषी लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ ।

यस्तै, महालक्ष्मी विकास बैंकका लगानीकर्ताले ९.८४ प्रतिशतले कमाए । उता, सपोर्ट माइक्रोफाइनान्स ७.९६, पाँचथर पावर ४.९५, कालिका पावर ४.७०, हिमालयन ऊर्जा विकास कम्पनी ४.३० र जोशी हाइड्रोपावरका लगानीकर्ताले ४.२८ प्रतिशतले गुमाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?