मुख्यमन्त्री पाण्डेले विश्वासको मत माग्दै भने- ‘मन्त्रालय फुटाउने मनसाय छैन’

लोकपथ
286
Shares

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले मन्त्रालय फुटाउने विषयमा छलफल नभएको स्पष्ट पारेका छन् ।

सोमबार (आज) विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको बैठकमा उठेका प्रश्नहरुको उत्तर दिँदै मुख्यमन्त्री पाण्डेले सो कुरा बताएका हुन् ।

मुख्यमन्त्रीमा नियुक्त भएसँगै पाण्डेले मन्त्रालय फुटाउन लागेको भन्ने विपक्षी दलका नेताहरुले उठाएको प्रश्नको उत्तर दिँदै उनले भने, ‘मन्त्रालय फुटाउने कुरामा प्रवेश नै गरेका छौँ ।’

त्यसैगरी पहिलेका सरकारले गरेका कामहरुको समिक्षा गर्दै सरकारको आगामी कार्यक्रमहरुसहित तीन महिनाभित्र स्वेतपत्र जारी गर्ने समेत बताए । साथै आफू नेतृत्वको सरकारले आर्थिक अनुशासनलाई पूर्ण रुपमा पालना गर्ने, फजुल खर्च हटाउने काम गर्ने समेत प्रतिबद्धता व्यक्त गरे ।

‘तीन वर्ष भित्र स्वेतपत्र जारी गर्छौ ।’ उनले भने, ‘आर्थिक अनुशासनलाई पूर्णताका साथ पालना गछौँ । फजुल खर्च हटाउँछौँ ।’

त्यस्तै आफू नेतृत्वको गठबन्धन सरकारले संविधान अनुसार काम गर्ने जानकारी गराए ।

पाण्डे गत कार्तिक ११ गते बागमतीको मुख्यमन्त्री नियुक्त भएका थिए । उनले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश सभा समक्ष विश्वासको मत मागेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?