सैनिक श्रीमती संघको ३८औँ वार्षिकोत्सव

RSS
0
Shares

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माले सैनिक श्रीमती संघको वार्षिक मुखपत्र ‘सेवा सुमन’ लोकार्पण गरेका छन् ।

सैनिक मुख्यालय जंगी अड्डा परिसरमा भएको संघ स्थापनाको ३८औँ वार्षिकोत्सव समारोहमा महारथी शर्मा र संघकी अध्यक्ष सुनिता शर्माले वार्षिक मुखपत्रको पछिल्लो अंक विमोचन गरेकी हुन्।

संघको वार्षिकोत्सव झण्डोत्तोलनलगायत विविध कार्यक्रम गरी मनाइएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

श्रीमती संघले नेपाली सेनाका बहालवाला तथा भूपू सैनिकका आश्रित परिवाललाई लक्षित गर्दै विभिन्न आयमूलक र सेवामूलक सामाजिक कार्यक्रम गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?