सोमबार देशभर ३९० जनामा कोरोना संक्रमण पुष्टि, मृतक कति थपिए ? (विवरणसहित)

लोकपथ
429
Shares

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ३९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बितेको २४ घण्टामा गरिएको ५ हजार २६ परीक्षणमा थप ३९० जनामा संक्रमण देखिएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ६०६ पीसीआर परीक्षणमा ३७१ र २ हजार ४२० एन्टिजेन परीक्षणमा १९ जनामा संक्रमण पुष्टि भएको हो ।

सो अवधिमा ४२५ जना संक्रमणमुक्त भएका छन् भने ५ जनाको मृत्यु भएको छ । यो सँगै हालसम्म देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ४५३ पुगेको मन्त्रालयले जनाएको छ । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ७ संख्या ६५४ रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?