सत्तारुढ गठबन्धनको बैठक बस्दै, के-के छन् एजेण्डा ?

लोकपथ
169
Shares

काठमाडौं । आज ५ दलीय सत्तारुढ गठबन्धनको बैठक बस्दैछ ।

पछिल्लो राजीतिक घटनाक्रम र सरकार सञ्चालनबारे थप छलफलका लागि सत्ता गठबन्धनको बैठक बोलाइएको हो ।
यसअघि कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र सत्ता घटक दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटघाट भएको थियो । भेटघाटका क्रममा पछिल्लो राजनीति घटनाक्रम र सरकार सञ्चालनबारे छलफल भएको थियो । उक्त भेटघाटले थप छलफलका लागि सत्ता गठबन्धनको बैठक बोलाउने निर्णय गरेको बताइएको छ ।

सत्तारुढ गठबन्धनको पछिल्लो समय न्यायालयमा देखिएको विवाद, गठबन्धन सरकारका काम र राजदूत नियुक्तिलगायतका विषयमा छलफल हुने लगायतका एजेण्डा रहेको बताइएको छ ।

त्यसैगरी राष्ट्रियसभाको निर्वाचन, प्रदेशसभा र प्रतिनिधिसभाको रिक्त रहेका स्थानमा उपनिर्वाचनलगायतका विषयमा समेत छलफल हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?