न्यूजिल्याण्डमा ‘इच्छामृत्यु’ कानुन लागू

लोकपथ
832
Shares

न्यूजिल्याण्डमा आइतबारदेखि ‘इच्छामृत्यु’ कानुनलाई लागू गरिएको छ । यो कानुनअनुसार अa कुनै पनि निको नहुने बिरामी व्यक्तिले आफ्नो इच्छाअनुसार मृत्युवरण गर्न पाउने भएका छन् ।

यो कानुनअनुसार अब न्यूजिल्याण्डमा त्यही व्यक्तिले मात्र इच्छामरण गर्न पाउँछ, जो कुनै पनि बिमारीका कारण ६ महिनाको अवधिभित्र मर्ने निश्चित भएको हुन्छ । यो मरणका लागि कुनै पनि बिमारीलाई दुई जना चिकित्सकले सिफारिस गरेको हुनुपर्छ ।

इच्छा मृत्युको कानुनलाई यसअघि अस्ट्रेलिया, स्पेन, क्यानडा, नेदरल्याण्ड, कोलम्बिया र स्विजरल्याण्डजस्ता मुलुकहरूले पारित गरिसकेका थिए । न्यूजिल्याण्डले पनि यो कानुन ल्याउन जनमत सङ्ग्रह गरेको थियो । जसमा ६५ प्रतिशतले इच्छा मृत्युवरणको पक्षमा मतदान गरेका थिए । यो जनमत सङ्ग्रहपछि अहिले न्यूजिल्याण्डका पक्ष विपक्षबीच अझै विवाद रहेको छ ।

सरकारले इच्छामृत्युको कानुन ल्याएपछि स्वास्थ्य मन्त्रालयले प्रत्येक वर्ष ९ सय ५० जनाले मात्र निवेदन दिन सक्ने र ३ सय ५० जनालाई मात्र स्वीकृति दिने जनाएको छ । यो विषयमा यो वर्ष कति निवेदन पर्छ र बिरामीको अवस्थाअनुसार चिकित्सकहरूले कस्तो किसिमको सिफारिस आउँछ सोहीअनुसार अगाडी बढ्ने जनाएको छ ।

जनमत सङ्ग्रहबाट यो नियम लागू भए पनि चिकित्सकहरू यसको विपक्षमा रहेका छन् । कतिपय चिकित्सकहरूले बिमारीलाई राम्ररी उपचार र हेरचाह गरेमा उनीलाई बचाउन सकिने हुनाले यो विषयमा पनि ध्यान दिनु राम्रो हुने उनीहरूको तर्क रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?