१२ मङ्सिर २०७९, सोमवार

अग्र्यानिक अकबरे बन्दैछ, छथरको कोसेली

२०७४,आश्विन,२४,मंगलवार १०:०७

0
Shares

तेह्रथुम, २४ असोज ।छथर गाउँपालिकामा उत्पादन भएको अकबरे खुर्सानी यहाँको कोसेलीको रुपमा परिचित बनेको छ ।यहाँ आएर फर्किने तथा देश विदेशमा रहनेले अकबरे खुर्सानी र यसका परिकारलाई कोसेलीको रुपमा प्रयोग गर्न थालेका हुन् । कृषकले व्यावसायिक रुपमा अकबरेखेती गर्न थालेपछि स्थानीयस्तरमै यसका विभिन्न परिकारसमेत तयार भइरहेका छन् ।केहीवर्ष अघिसम्म आफ्नै लागि किनेर खुर्सानी प्रयोग गर्ने किसानले अहिले व्यावसायिक खेती गर्दै यही पेशाबाट जीविकोपार्जन गरिरहेका छन् । अहिले यहाँ आउने आगन्तुकले फर्किर्नबेला खोजी गर्ने कोसेलीमा सबैभन्दा धेरैले अकबरे खुर्सानीको खोजी गर्छन् ।चाडपर्व तथा विभिन्न काम विशेषमा छथर आउने जानेले कोसेलीको रुपमा अकबरे खुर्सानीको अचार लैजाने चलन बढेको छथर गाउँपालिका–६, सुदापकी कृषक शिवमाया खड्काले बताइन । रासायनिक विषादी र मल प्रयोग नगरी किसानले उत्पादन गरेको अग्र्यानिक अकबरे खुर्सानी यहाँको अहिलेको सबैभन्दा लोकप्रिय कोसेली बनेको छ ।यहाँको उत्पादन अग्र्यानिक र व्यावसायिक छ । त्यसैले देश विदेशमा छथरको अकबरे लोकप्रिय बन्न थालेको हो । छथरमा अकबरे खुर्सानीबाट जीविकोपार्जन गर्ने किसानको संख्या वर्षेनी थपिँदै छ । यहाँका अधिकांश किसानलाई व्यावसायिक र अग्र्यानिकखेती गर्न दलित सचेतना समाज नेपालले तालीम र बीउ पुँजी सहयोग गरेको छ ।अकबरे खेतीमा शुरुमा महिला कृषकको मात्रै संलग्नता थियो । अहिले पुरुषले पनि यो खेतीमा मिहेनत गरेर आम्दानी गरेका छन् । व्यावसायिक खेती सुरु भएपछि गाउँमै यसको अचार बनाउने सीप सिकेका महिलासमेत धेरै रहेको सुदापकै किसान जनक दासले बताए । अकबरे खुर्सानी अहिले प्रति किलो रु तीन सयदेखि रु ५०० सम्ममा किनबेच भइरहेको छ ।यहाँ उत्पादित अकबरे खुर्सानी पूर्वका धरान, विराटनगर, मोरङ, झापालगायत राजधानी र विदेशमा समेत निर्यात भइरहेको छ । तर विशेषगरी कोसेलीको रुपमा विदेशतिर धेरै जाने गरेको किसान आफैँ बताउँछन् । छथर गाउँपालिकाका सबै वडामा अकबरे खुर्सानीको खेती भइरहेको छ । 

प्रकाशित मिति: २०७४,आश्विन,२४,मंगलवार १०:०७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

पोखरा । पोखरा उद्योग वाणिज्य संघले आयोजना गर्दै आएको राष्ट्रिय औद्योगिक व्यापार मेला यो वर्ष मंसिर १६ गतेदेखि हुने भएको

म्याग्दी । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दाना क्षेत्रको अन्नपूर्ण चक्रीय पदमार्गमा पर्ने आकर्षकस्थल रुप्से झरनामा रमाउन आउने आन्तरिक पर्यटकका कारण

बागलुङ । उच्च पहाडको शिरमा छ रिगताल । चिसो हावापानी, शान्त वातावरण र मनै लोभ्याउने चराचुरुङ्गीको चिरबिर आवाज । आन्तरिक

काठमाडौं । नेपाली पर्यटन क्षेत्रमा हवाई क्षेत्रले गरेको योगदानको कदर गर्दै नेपालमा पहिलो पटक बेस्ट एअरलाइन्स अवार्ड आयोजना गरिने भएको

ताजा समाचार

गढ मानिने चितवन–३ मा कांग्रेस पाँचौँ
 २०७९,मङ्सिर,१२,सोमवार ११:०५
आज लगनगाँठो कस्दै अभिनेता सलोन
 २०७९,मङ्सिर,१२,सोमवार ०८:१६
स्पेन र जर्मनीको खेल बराबरी
 २०७९,मङ्सिर,१२,सोमवार ०७:३९
कस्तो रहला आज दिनभरको मौसम ?
 २०७९,मङ्सिर,१२,सोमवार ०७:२८
धनुषा–४ मा अग्रता बढाउँदै एमाले
 २०७९,मङ्सिर,११,आईतवार २३:४०