काठमाडौं । कपिलवस्तुमा श्रीमतीको हत्या गरेर जङ्गलमा फाल्ने श्रीमान् पक्राउ परेका छन्
कपिलवस्तु जिल्लाको महाराजगंज नगरपालिका वडा नं. ११ बाबा बनगाई बस्ने ४५ वर्षको राम केवल लोनियालाई श्रीमती हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।
राम केवलले लोनियाले श्रीमती चिन्का लोनियालाई परपुरुषसँग अवैध सम्बन्ध राख्ने गरेको आंशकमा गत भदै १५ गते हत्या गरी बुद्धभूमि नगरपालिका वडा नं. ९ चम्पापुर कपिलवस्तु साझेदारी सामुदायिक जंगलमा फालेका थिए ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता धर्मराज भण्डारीले श्रीमती परपुरुषसँग अवैध सम्बन्ध राख्ने गरेको शंका गरी योजनाबद्ध रुपमा हत्या गरेको बताए ।
उनीहरुबीच दैनिक झगडा हुँदा सम्बन्धविच्छेद माग्दा समेत नदिई हत्या गरेको प्रहरीले अनुसन्धानबाट खुलेको छ । जंगलमा लगेर हत्यागरेपछि उनी भारततिर गएका थिए ।
मृत्तक चिन्का लोनियाको कपिलवस्तु बुद्धभूमि नगरपालिका वडा नं. ९ स्थित चम्पापुर कपिलवस्तु साझेदारी सामुदायिक जंगलमा कंगल फेला परेको थियो । हत्या गरेर फरार रहेका लोनियालाइ प्रहरीले पक्राउ गरी कर्तव्य ज्यान मुद्दा शीर्षकमा अनुसन्धान कार्य भइरहेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया