माओवादी मन्त्रीहरुद्वारा मोदीको नागरिक अभिनन्दन कार्यक्रम बहिस्कार

काठमाडौं । काठमाडौं महनगरपालिकाले आयोजना गरेको अभिनन्दन कार्यक्रममा नेकपा माओवादी केन्द्रका मन्त्रीहरुले बहिस्कार गरेका छन् । 

महानगपालिकाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नागरिक अभिनन्दन कार्यक्रममा नेकपा माओवादी केन्द्रका मन्त्रीहरुले बहिस्कार गरेका हुन् ।  

प्रधानमन्त्री केपी शर्मा ओलीले मोदीको नेपाल भ्रमणबारे माओवादी मन्त्रीहरुसँग कुनै छलफल नगरेको तथा शुक्रबार ओली मोदीबीच भएको अरुण तेस्रोको शिलान्यास कार्यक्रममा पनि विभागिय मन्त्रीहरुलाई नबोलाएपछि माओवादी केन्द्रमा मन्त्रीहरु असन्तुष्ट भएका बताइएको छ । 

त्यस्तै शनिबार होटल हायातबाट आयोजनाको शिलान्यास ऊर्जामन्त्री वर्षमान पुनलाई बोलाइएको थिएन । 

कार्यक्रममा मोदीलाई काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले अभिनन्दन गरेका थिए । 

सो अवसरमा मोदीलाई शान्तिको प्रतिक बुद्धको ५५ किलोको मुर्ति पनि उपहार दिइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?