व्यासको आन्तरिक आम्दानी १५ करोडभन्दा बढी

RSS
70
Shares

दमौली । तनहुँको व्यास नगरपालिकाले १५ करोड रुपैयाँभन्दा बढी आन्तरिक आम्दानी गरेको छ । नगरपालिकाले आर्थिक वर्ष २०७७/७८ मा १५ करोड चार लाख १७ हजार ७१० रुपैयाँ आन्तरिक आम्दानी गरेको हो ।

उक्त अवधिमा २० करोड ४७ लाख रुपैयाँ आन्तरिक आम्दानी गर्ने लक्ष्य भए पनि कोरोना कहरका कारण लक्ष्यअनुसारको आन्तरिक आम्दानी हुन नसकेको व्यास नगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए । व्यास नगरपालिका जिल्लाका स्थानीय तहमध्ये सबैभन्दा बढी आन्तरिक आम्दानी गर्ने पालिका हो ।

नगरपालिकाले सम्पत्ति, मालपोत, घरबहाल कर, प्राकृतिक स्रोतसाधनलगायतबाट आन्तरिक आय संकलन गर्दै आएको छ । नगरपालिकाले सबैभन्दा बढी प्राकृतिक स्रोतसाधनबाट पाँच करोड २५ लाख ३७ हजार ४० रुपैयाँ सङ्कलन गरेको छ । नगरपालिकाले प्राकृतिक स्रोतसाधनबाट नौ करोड ८० लाख आन्तरिक आय हुने लक्ष्य राखेको थियो ।

सम्पत्तिकर एक करोड १४ लाख २० हजार ७८४ रुपैयाँ , मालपोतबाट ५३ लाख ४६ हजार ९२७ रुपैयाँ , घरबहालबाट ७५ लाख ९६ हजार ४२५, घरभाडा करबाट एक करोड ६५ लाख ९८ हजार ६२२, मेसिनरी उपकरणबाट ५९ हजार ३००, लिलाम बिक्रीबाट २४ हजार, मिलापत्रबाट २२ हजार ५२० रुपैयाँ, सिफारिसबाट एक करोड २८ लाख पाँच हजार दुई २१६ रुपैयाँ, विविध फारमबाट दश लाख दुई हजार ७८ रुपैयाँ, अन्य प्रशासनिक सेवाबाट ६८ लाख ३७ हजार ६३७, सवारी पार्किङबाट आठ लाख १७ हजार ९० रुपैयाँ सङ्कलन गरेको छ ।

घरनक्सा पासबाट एक करोड ४१ लाख ५२ हजार २३०, नाता प्रमाणितबाट दुई लाख ६७ हजार ७३५, अन्य विविधबाट चार लाख ८६ हजार १२०दर्ता र नवीकरणबाट १९ लाख ३३ हजार एक सय रुपैयाँ संकलन भएको छ । त्यस्तै दण्डजरीवानाबाट छ लाख १५ हजार एक सय ४१, धरौटी सदरस्यबाट १६ लाख ३४ हजार ६१९, सरसफाइबाट ६५ लाख ७३ हजार ४८९, स्थानीय वातावरण शुल्कबाट ७६ लाख ५९ हजार २३७, व्यवसाय करबाट १८ लाख ९८ हजार १०२ रुपैयाँ संकलन भएको छ । नगरपालिकाले सम्पत्ति करमा लक्ष्यभन्दा बढी राजश्व संकलन गर्न सफल भएको छ ।

सम्पत्ति करबाट एक करोड ११ लाख रुपैयाँ संकलन गर्ने लक्ष्य रहेकामा चार लाख २० हजार ७८४ रुपैयाँ बढी संकलन भएको छ । मालपोत करबाट ५० लाख रुपैयाँ संकलन गर्ने लक्ष्य रहेकामा तीन लाख ४६ हजार ९२७ रुपैयाँ बढी संकलन भएको छ । घरबहाल करमा भने लक्ष्यभन्दा कम सङ्कलन भएको छ । एक करोड ५० लाख सङ्कलनको लक्ष्य रहेकामा ७४ लाख तीन हजार ५७५ रुपैयाँ कम संकलन भएको छ ।

प्राकृतिक स्रोतसाधनबाट पनि लक्ष्यभन्दा कम राजश्व संकलन भएको छ । नौ करोड ८० लाख रुपैयाँ संकलनको लक्ष्य रहेकामा चार करोड ५४ लाख ६२ हजार ९६० रुपैयाँ कम राजस्व संकलन भएको छ । सिफारिसबाट एक करोड रुपैयाँ संकलनको लक्ष्य रहेकामा २८ लाख पाँच हजार २१६ रुपैयाँ बढी संकलन भएको छ । अन्य प्रशासनिक सेवाबाट ३३ लाख संकलनको लक्ष्य रहेकामा ३५ लाख ३७ हजार ६३७ रुपैयाँ बढी संकलन भएको नगरपालिकाले जनाएको छ ।

सरसफाइतर्फ ५० लाखको लक्ष्य रहेकामा १५ लाख ७३ हजार ४८९ रुपैयाँ बढी संकलन भएको छ भने स्थानीय वातावरणतर्फ एक करोड रुपैयाँको लक्ष्य रहेकामा २३ लाख ४० हजार ७२७ रुपैयाँ कम संकलन भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?