मोदीको इच्छाः अब अर्को पटक बुद्धको जन्मभूमि लुम्बिनी जान्छु

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले  बुद्धको जन्मभूमि  लुम्बिनी पुग्ने इच्छा भएको बताएका छन् । उनले  दुई पटकको नेपाल यात्राका क्रममा पवित्र धार्मिकस्थल  पशुपतिनाथ, जानकी मन्दिर र मुक्तिनाथको दर्शन गरेको भन्दै अर्को पटक समय मिलाएर  बुद्धको जन्मभूमि लुम्बिनी जाने बताएका हुने । 

काठमाडौं महानगरपालिकाले गरेको नागरिक अभिनन्दनपछि  सम्बोधन गर्र्दै मोदीले भने, ‘दुई पटकको यात्रामा पशुपतिनाथको यात्रा गर्न पाएँ।  यो पटक  मुक्तिनाथजनकपुर जाने अवसर पनि पाईयो । यो मात्र महत्वपपूर्ण तीर्थ स्थलमात्र होइन  ।  भारत र नेपालको अटुट सम्बन्धको  उदाहरण हो । म अर्को पटक बुद्धको जन्मभूमि लुम्बिनी जाने पक्कै प्रयास गर्नुे छु । बुद्ध हामी दुबै देशको मानवजातिको धरोहार हो  । ’  

भारतले बुद्धबारे गलत प्रचार गरिरहेको बेला मोदीले बुद्ध नेपालमै जन्मिएको बताएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?