मोदी र अध्यक्ष यादवबीच भेटवार्ता

काठमाडौँ । नेपालको राजकीय भ्रमणमा रहेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले भेटवार्ता गरेका छन् । 
आज यहाँ भएको भेटवार्तामा दुई देशको सम्बन्ध, आपसी हित र चासोका विषयमा विचार विमर्श भएको थियो । 

पारस्परिक सहयोग र विकासका विषयमा प्रधानमन्त्री मोदीसँग कुराकानी भएको अध्यक्ष यादवले जानकारी दिए । 

उनले भने, “मुलुकको समृद्धि र दुई देशबीचको सम्पर्क सञ्जाल विस्तार गर्ने विषयमा भारतीय प्रधानमन्त्रीसँग महत्वपूर्ण र सकारात्मक छलफल भयो ।” 

प्रधानमन्त्री मोदीलाई अध्यक्ष यादवले एक्लै भेटवार्ता गरेका हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?