किकु शारदाको लक्जरी लाइफस्टाइल : एक एपिसोडको कति कमाउँछन् ?

लोकपथ
7.3k
Shares

काठमाडौं । ‘द कपिल शर्मा शो’ मा कहिले पलक, कहिले बच्चा यादव र कहिले बम्परको भूमिकामा देखिने अभिनेता किकु शारदालाई आफ्नो कलाका आधारमा मानिसहरुले निकै रुचाएका छन् ।

किकु यस्तो निपुण कलाकार हुन्, उनीविना ‘द कपिल शर्मा शो’ सुनसान देखिन्छ । टीभीबाहेक किकुले धेरै फिल्ममा पनि आफ्नो क्षमता प्रमाणित गरिसकेका छन् । आज हामी द कपिल शर्मा शोको स्टारकास्ट किकु शारदाको बारेमा बताउनेछौँ ।

मिडिया रिपोर्टका अनुसार किकु शारदाको पालनपोषण निकै राम्रो भएपनि करियरको सुरुवाती दिनमा उनले आफ्नो छाप बनाउन कडा मिहिनेत गरेका छन् । सुरुका दिनमा किकुले ७ सय रुपैयाँ मात्र पारिश्रमिक पाउँथे, अहिले उनी एक शोका लागि लाखौँ लिन्छन् ।

किकु शारदाको सम्पत्ति

कति छ किकुको कुल सम्पत्ति ? 

वर्थ मिडिया रिपोर्टका अनुसार किकुको कुल सम्पत्ति करिब २० करोड रहेको छ । उनले द कपिल शर्मा शोमा हरेक एपिसाडका लागि करिब ५ लाख पारिश्रमिक लिने गरेका छन् ।

यति मात्र होइन किकु शारदाले विज्ञापनबाट पनि मनग्य आम्दानी गर्छन् । उनको वार्षिक कमाइ ५ करोडभन्दा बढी रहेको छ ।

बाल्यकालदेखि नै गाडीको शौकीन : 

बाल्यकालदेखि नै गाडीको साेखिन रहेका किकु शारदाका साथीहरूले कलेजका दिनमा सबैजना किकुको गाडीमा पढ्न जाने गरेको बताएका छन् । किकुसँग ‘बीएमडब्ल्यू’ र ‘AUDI A8’ जस्ता लक्जरी गाडीहरू छन्। किकुको परिवार व्यापारमा संलग्न छ।

टीभी जगतमा ठूलो नाम भए पनि किकुले द कपिल शर्मा शोबाट बढी पहिचान पाएका थिए, यद्यपि यसअघि उनी अकबर-बिरबल, हातिम र एफआईआरजस्ता कार्यक्रममा पनि देखा परिसकेका छन् । रंगमञ्चसँग आबद्ध किकु शारदाले आफ्नो अभिनय र कलाले छुट्टै स्थान बनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?