काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ग्रेटर नेपालका अध्यक्ष फणिन्द्र नेपाल पक्राउ परेका छन् ।
विदेश भ्रमणबाट स्वदेश फर्किदै गरेको अवस्थामा नेपाललाई प्रहरीले विमानस्थलबाट पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ ।
ग्रेटर नेपालका अध्यक्ष नेपालले भारतविरोधी अभियान चलाउँदै आएका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध प्रदर्शन गर्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै पक्राउ गरिएको बताइएको छ ।
उनले सुगौली सन्धिबाट गुमेको नेपालको भूमि फिर्ता गराइनु पर्ने बताउँदै आएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया