काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पशुपतिनाथको दर्शन गरेका छन् ।
शनिबार बिहान मुक्तिनाथको दर्शन गरेर काठमाडौं फर्किएसँगै मोदीले पशुपतिनाथको दर्शन गरको हुन् ।
दोस्रो पटक पशुपतिनाथको दर्शन गर्न पाउँदा खुशी लागेको बताउँदै मोदीले पशुपतिनाथको मन्दिर भारत र नेपालका हिन्दु धर्मावलम्बीहरुको साझा धार्मिक स्थल रहेको बताएका छन् ।
पशु पतिनातको दर्शनपछि राखिएको आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्दै मोदीले आफ्नो दर्शनको व्यवस्थापन मिलाउने पशुपति क्षेत्र विकास कोष र नेपाल सरकारप्रति आधार व्यक्त गरेका छन् ।
साथै भारतीय सहयोगमा मन्दिर परिसरमा निमार्ण भइरहेको धर्मशालाबाट श्रद्धालुहरुलाई सुविधा मिल्ने विश्वास समेत व्यक्त गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया