‘सात हिन्दुस्तानी’ : अमिताभ बच्चनको पहिलो फिल्मको ५२ वर्ष पूरा

लोकपथ
637
Shares

काठमाडौं । अमिताभ बच्चनलाई शताब्दीको सुपरहिरो मानिन्छ। बलिउड फिल्म इन्डस्ट्रीमा आफ्नो नाम बनाउन अमिताभ ले निकै मिहिनेत गरेका छन् । अमिताभ बच्चनले फिल्म ‘सात हिन्दुस्तानी’ बाट आफ्नो करियर सुरु गरेका थिए ।

यस फिल्मलाई अमिताभ बच्चनले १५ फेब्रुअरी १९६९ मा साइन गरेका थिए र यो फिल्म ७ नोभेम्बर १९६९ मा रिलिज भएको थियो। यही फिल्मबाट भारतीय फिल्मले अमिताभ बच्चनजस्ता प्रतिभाशाली र दिग्गज कलाकारको रूपमा स्टार पाएको थियो । अमिताभ बच्चनको फिल्म ‘सात हिन्दुस्तानी’ रिलिज भएको ५२ वर्ष पूरा भएको छ ।

अमिताभ बच्चन

यस विशेष अवसरमा अमिताभ बच्चनले आफ्नो डेब्यू फिल्मको तस्बिर सामाजिक सञ्जालमा सेयर गरेका छन् । यो उनको फिल्मको ब्ल्याक एन्ड ह्वाइट तस्बिर हो । यो तस्बिरमा अमिताभ बच्चन निकै गम्भीर मुद्रामा उभिएका छन् । तस्बिर सामाजिक सञ्जालमा सेयर गर्दै अमिताभ बच्चनले आफ्नो भावना व्यक्त गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?