वेस्ट ह्यामसँग लिभरपुल स्तब्ध

लोकपथ
208
Shares

काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलमा वेस्ट ह्यामले लिभरपुललाई पराजित गरेको छ । आईतबार राति भएको खेलमा वेस्ट ह्यामले लिभरपुललाई ३–२ गोल अन्तरले पराजित गरेको हो ।

लिभरपुलका एलिसनले आत्मघाति गोल गरेपछि वेस्ट ह्यामले खेलमा अग्रता लिएको थियो । लिभरपुलका एलेक्जेन्डर अर्नाल्डले खेलको ४१ औँ मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए ।

पोब्लो फोर्नाल्सले दोस्रो हाफमा पुन वेस्ट ह्यामलाई अघि बढाएका थिए । कर्ट जुमाले घरेलु टोली वेस्ट ह्यामलाई ३–१ को अग्रता दिलाएका थिए ।

खेल सकिन ७ मिनेट अघि डिभोक ओरिगीले लिभरपुलका लागि गोल गरेपनि खेलमा फर्कन भने सकेनन् ।

जितसँगै वेस्ट ह्याम २३ अंक सहित तेस्रो स्थानमा उक्लिएको छ । लिभरपुल २२ अंक सहित चौथो स्थानमा रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?