नेपालको कोराना अपडेटः थप १४३ जनामा संक्रमण पुष्टि

लोकपथ
0
Shares

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको २ हजार ३ सय ३३ परीक्षणमा १ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ५ सय ६३ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या ७ लाख ९५ हजार ३ सय ९७ पुगेको छ ।

पछिल्ले २४ घण्टामा नेपालमा कोरोनाका कारण थप ९ जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ४ सय ४८ जना पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?