काठमाडौं । सल्यानबाट दाङको तुलसीपुरतर्फ जाँदै गरेको बस दुर्घटनामा मृत्यु भएका १२ जना मध्ये ८ जनाको सनाखत भएको छ ।
मृत्यु हुनेमा सल्यान छत्रेश्चरी गाउँपालिका २ का २९ वर्षीय तिलक ओली, घोराही उपमहानगरपालिकाका ६५ वर्षीय इन्द्रा अधिकारी, दाङ बबई गाउँपालिका ६ पञ्चकुलेका ७० वर्षीया कलावती बुढाथोकी, शारदा नगरपालिका– की ५३ वर्षीया प्रभा चलाउने, सोही गरपालिका– २ की ६१ वर्षीया मिना डाँगी, ३ नं वडाकी ६६ वर्षीया लिला बुढाथोकी, त्रिवेणी–१ की २४ वर्षीया मिना शाही र बबई–४ की ६० वर्षीया डुली रेउले रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) गोविन्द थापाले जानकारी दिए
दुर्घटनामा २६ जना घाइते भएका छन् । बसमा ३० जना यात्रु सवार थिए । बस सडकबाट करिब दुई सय मिटर तल खोलामा खसेको छ । बस निकै तिब्र गतीमा भएको घाइतेहरुले बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया