विश्वकप क्रिकेटमा १२ टिमको स्थान पक्का, नेपालले छनोट खेल्ने

लोकपथ
7.6k
Shares

काठमाडौं । सन् २०२२ मा आयोजना हुने आईसीसी टी–ट्वान्टी क्रिकेट विश्वकपका लागि १२ टिमले आफ्नो स्थान पक्का गरेका छन् ।

अष्ट्रेलियामा हुने विश्वकपका लागि १२ टोलीले स्थान पक्का गरेका हुन् ।

आयोजक अष्ट्रेलिया, इंग्ल्यान्ड, पाकिस्तान, भारत, न्यूजिल्यान्ड, दक्षिण अफ्रिका, अफगानिस्तान र बंगालदेशले सुपर १२ मा प्रत्यक्षरुपमा स्थान सुरक्षित गरेका हुन् ।

यता पहिलो चरणका लागि श्रीलंका, वेस्ट इन्डिज, स्कटल्यान्ड र नामिवियाले स्थान पक्का गरेका छन् । पहिलो चरणको खेलपछि चार टोली सुपर १२ मा स्थान बनाउनेछन् ।

विश्वकपमा स्थान बनाउनका लागि नेपालले फेब्रअरीमा हुने आईसीसी टी–ट्वान्टी विश्वकप छनोट ‘ए’ अन्तर्गत सिंगापुर, युएई र जिम्बाबेविरुद्ध खेल्नेछ ।

नेपालले खेल्ने छनोट प्रतियोगिताको आयोजक र मिति भने तय भइसकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?