प्रतिगामी परमादेशहरू अरु पनि आउन सक्छन् : ओली

लोकपथ
637
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले असार २८ का जस्ता प्रतिगामी परमादेशहरू अरु पनि आउन सक्ने बताएका छन् ।

एमाले कर्णाली-काठमाडौं सम्पर्क समितिले तिहारका अवसरमा आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले प्रतिगामी परमादेशहरू अरु पनि आउन सक्ने भन्दै सचेत रहन कार्यकर्ता पंक्तिलाई आह्वान गरेका हुन् ।

ओलीले एमाले सरकार छाड्न तयार रहेको तर देशलाई तलमाथि हुन र संविधान तथा लोकतन्त्र कमजोर हुन नदिने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?