सल्यान बस दुर्घटना अपडेट : मृतक संख्या ११ पुग्यो

लोकपथ
588
Shares

काठमाडौं । सल्यानबाट दाङको तुलसीपुरतर्फ जाँदै गरेको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ११ पुगेकोे छ ।

बस दुर्घटनामा मृत्यु हुनेको संख्या ११ पुगेकोे र घाइते हरुको नेपालगञ्जमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) गोविन्द थापाले जानकारी दिए ।

गम्भीर घाइते भएका ६ जनाको हेलिकप्टरबाट उद्धार गरि काठमाडौं लैजाने तयारी भइरहेको थापाले बताए ।

बसमा ३० जना यात्रु सवार थिए । बस सडकबाट करिब दुई सय मिटर तल खोलामा खसेको छ । बस निकै तिब्र गतीमा भएको घाइतेहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?