नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्ली र उत्तर प्रदेशमा ‘जिका भाइरस’को संक्रमण बढेपछि सतर्कता अपनाइएको अधिकारीहरुले जनाएका छन् । भारतका स्वास्थ्य अधिकारीहरुले केही समयअघिदेखि जिका भाइरसका किटाणुहरु बढ्दो अवस्थामा देखिएको बताएका छन् ।
उनीहरुका अनुसार शनिबार मात्र उत्तर प्रदेशमा ४३ जनामा यो भाइरस देखिएको थियो । उत्तर प्रदेश राज्यमा पछिल्लो समयमा यो भाइरसको प्रकोप देखिएको बताइएको छ ।
उत्तर प्रदेश राज्यका सरकारी स्वास्थ्य अधिकारीहरुले गएको दुई हप्तामा ७९ जनामा यो भाइरस देखिएको छ । दिल्लीका उपमुख्यमन्त्री मनिस सिसोडियाले नयाँ दिल्लीमा पनि पो भाइरसको संक्रमण बढ्दो देखिएको र यसका लागि सरकारले निकै सतर्कता अपनाएको बताए।
उनले सबै सरकारी अस्पतालहरुमा यो भाइरसका सङ्क्रमितको उपचारको व्यवस्था गरिएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया