टेक्सास एस्ट्रोवर्ल्ड फेस्टिभल : आपराधिक अनुसन्धान सुरु

लोकपथ
133
Shares

काठमाडौं । टेक्सासको एस्ट्रोवर्ल्ड फेस्टिभलमा शुक्रबार भएको मृत्युको बारेमा प्रहरीले आपराधिक अनुसन्धान सुरु गरेको छ।

टेक्सासमा संगीत कार्यक्रमको उद्घाटन गर्नेबेला भीडले गर्दा कम्तिमा आठ जनाको मृत्यु भएको छ र दर्जनौं मानिस घाइते भएका छन्।

कन्सर्ट जानेलाई रोक्न खोज्दा सुरक्षा अधिकारीलाई घाँटीमा सुई लगाएको दाबी पनि प्रहरीले गरिरहेको छ।

ह्युस्टन प्रहरी प्रमुख ट्रोय फिनरले पत्रकार सम्मेलनमा भनेका छन् कि अनुसन्धानमा हत्या र लागूऔषध कुरा समावेश हुनेछ।

उपचार गर्ने मेडिकल स्टाफका अनुसार, ‘उनी एक नागरिकलाई रोक्न वा समात्न पुगेका थिए र उसले आफ्नो घाँटीमा चुच्चो महसुस गरेको थियो’ फिनरले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?