इराकी प्रधानमन्त्री कदिमीको निवासमा ड्रोन हमला

लोकपथ
168
Shares

काठमाडौं । इराकका प्रधानमन्त्री मुस्तफा अल कदिमीको निवासमा ड्रोन हमला भएको हो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आइतबार बिहान कदिमीको हत्या गर्ने योजनामा निवासमा ड्रोन हमला भएको हो ।

इराकी सेनाका अनुसार यो हमला उनको ज्यान लिने नियतका साथ गरिएको थियो । तर, सो आक्रमणबाट कदिमी भने पूर्ण रूपमा सुरक्षित छन् । हमला लगत्तै उनले सामाजिक सञ्जाल ट्विटरमार्फत् शान्ति बनाइराख्न अपिल गर्दै आफू सुरक्षित रहेको जानकारी दिएका छन् ।

घटना कसले र किन गर्‍यो भन्ने बारे थप अनुसन्धान भइरहेको इराकी प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?