स्पेनिस लिग : रियल मड्रिड विजयी

लोकपथ
259
Shares

काठमाडौं । स्पेनिस लिग फुटबलमा रियल मड्रिडले रियो भालेकानोलाई पराजित गरेको छ ।

शनिबार राति भएको खेलमा रियल मड्रिडले रियो भालेकानोलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

रियलको जितमा टोली क्रुस र करिम बेन्जिमाले समान एक एक गोल गरे । रियो भालेकानोका लागि राडामेल फाल्काओले एक गोल फर्काएका थिए ।

शीर्ष स्थानको रियलको २७ अंक छ । भालेकानो २० अंक सहित तालिकाको छैटौं स्थानमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?