मुक्तिनाथ- भारतका प्रधानमन्त्री नरेन्द्र मोदी शनिबार बिहान मुक्तिनाथ दर्शनका लागि मुस्तांग पुगेका छन् । भारतीय वायुसेनाको विशेष विमान मार्फत मोदी मुक्तिनाथ पुगेका हुन् ।
उनलाई मुक्तिनाथका पीठाधिक स्वामी कमलनयानार्यले पूजाआज गराउने कार्यक्रम छ।
मुक्तिनाथमा पूजापछि उनी बिहान करीब १०ः३० बजे काठमाडौँ फिर्ता हुनेछन । प्रधानमन्त्री मोदीलाई शनिवार दिउँसो २ः४५ बजे काठमाडौँ महानगरपालिकाले नागरिक अभिनन्दन गर्नेछ । दुईदिने नेपालको राजकीय भ्रमण पूरा गरी उनी आजनै नै स्वदेश फिर्ता हुने कार्यक्रम छ ्र मोदी हिजो नेपाल आएका थिए |
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया