कस्तो रहला आजको मौसम ?

लोकपथ
49
Shares

हाल नेपालमा उल्लेखनीय मौसम प्रणाली नरहेपनि देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ । तर, बाँकी भूभागमा भने मौसम सामान्यतया सफा रहेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार दिउँसो प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा अन्य प्रदेशहरुमा आंशिक बदली रहने छ। यसैगरी, प्रदेश नं १ र गण्डकी प्रदेशका एक वा दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै प्रदेश नं १ र गण्डकी प्रदेशका हिमाली भूभागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

यसैगरी राति प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा अन्य प्रदेशहरुमा आंशिक बदली रहने छ । प्रदेश नं १ र गण्डकी प्रदेशका हिमाली भूभागका एक दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?