काठमाडौं : अाज शनिबार, कार्यालयहरू खासै नखुल्ने हुनाले उपत्यकाका सडक खाली हुनुपर्ने हो । तर, सप्ताहन्तको छुट्टी मनाउन, साथीभार्इ भेट्न या जरूरी कामविशेषले घरबाट बाहिर निस्कँदै हुनुहुन्छ भने वैकल्पिक सवारीसाधन र सडकबाट यात्रा गर्नुहोस् ।
नेपाल भ्रमणमा रहेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदी अहिले तिर्थाटनका लागि मुस्ताङको मुक्तिनाथ पुगेका छन् । तर उनी, १० बजे अासपास काठमाडाैं अाउनेछन् र त्यसपछि उपत्यकाका अधिकांश सडकमा सार्वजनिक र निजी सवारी साधन चलाउन पार्इने छैन ।
एकबिहानै मोदी मुक्तिनाथतर्फ लाग्दा ट्राफिक प्रहरीले बाैद्द, चावहिल, एयरपोर्ट, तीनकुने र वरपरका सडकमा सवारी साधन गुडाउन पुरै रोक लगाएको थियो । जब मोदी मुक्तिनाथबाट फर्कनेछन्, त्यसपछि पुन : मोदीको सुरक्षाका लागि भन्दै सडक खाली गराउने प्रहरीको तयारी छ ।
दिउँसो पाैने ३ बजे मोदीलार्इ काठमाडाैं महानगरपालिकाले प्रर्दशनीमार्गस्थित राष्ट्रिय सभा गृहमा नागरिक अभिनन्दन कार्यक्रम राखेको छ । त्यो कार्यक्रममा मोदी अाउँदा महाराजगञ्जचोकदेखि चाबहिल, तिनकुने, बानेश्वर, थापाथली, मार्इतीघर, पुल्चोक, त्रिपुरेश्वर, लैनचाैर, ठमेल र रत्नपार्क वरवरका सबै स्थानमा प्रहरीले सडक ठप्प गराउनेछ ।
काठमाडाैं प्रवेश गर्ने मुख्य नाका नागढुँगास्थित मुख्य सडकमै गाडी बिग्रिएकाले अहिले एकतर्फीमात्रै सवारी चलेको ट्राफिक प्रहरीले जानकारी दिएको छ ।
यस्तो छ भ्रमण तालिका
बिहान ६ः०० मुक्तिनाथ जानका लागि विमानस्थल प्रस्थान
६ः२० मुक्तिनाथ प्रस्थान
७ः५० मुक्तिनाथ दर्शन
८ः३० मुक्तिनाथबाट हेलिकप्टरमा जोमसोम प्रस्थान
८ः५० जोमसोम अवरण
९ः०० जोमसोमबाट काठमाडौं प्रस्थान
१०ः२० काठमाडौं अवतरण
१०ः३० विमानस्थलबाट दर्शनका लागि सीधै पशुपतिनाथ मन्दिर प्रस्थान
११ः३० होटल हायात प्रस्थान
१२ः५० हायात होटलमा लन्च
२ः००-२ः३० नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीसँग भेटवार्ता
२ः३० महाराजगञ्ज, चावहिल हुँदै राष्ट्रिय सभागृहका लागि प्रस्थान
२ः४५-३ः३० नागरिक अभिनन्दन
३ः४५ नयाँ बानेश्वर, तीनकुने हुँदै स्वदेश फिर्ताका लागि त्रिभुवन विमानस्थल प्रस्थान
४ः०० नयाँ दिल्ली प्रस्थान
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया