एमाले नेता महेश बस्नेतले राप्रपा नेता विक्रम पाण्डे एमाले प्रवेश गर्नेबारे कुराकानी भइरहेको दावी गरेका छन् । विक्रम पाण्डेसँग निरन्तर पार्टी प्रवेशबारे छलफल भइरहेको उनको दावी छ। उनी एमाले प्रवेश गर्ने सम्भावना धेरै रहेको पनि पत्रकार ऋषि धमलासँगको जनता जान्न चाहन्छन् कार्यक्रममा बस्नेतले शुक्रबार दिएको अन्तर्वार्तामा दावी गरेका छन् ।
चितवनमा त प्रचण्डले चुनाव जित्ने फेरि पनि निश्चित छ भनिन्छ नि भन्ने पत्रकार ऋषि धमलाको प्रश्नमा बस्नेतले प्रचण्डलाई चितवनमा चुनाव जित्न गाह्रो रहेके दावी गरे । ‘निर्वाचन क्षेत्रमा त उहाँ चौथो हो नि, एमाले, काँग्रेस, राप्रपा र त्यसपछाडि माओवादी केन्द्र हो’, उनले भने, ‘विक्रम पाण्डे त कम पपुलर हुनुहुन्छ र ?’
उनले थपे, ‘विक्रम पाण्डे एमालेमा आउने स्थिति बन्यो भने त प्रचण्ड समानुपतिकतर्फ गइहाल्नुहुन्छ । कि वर्षमान पुनलाई हटाएर रोल्पामा उठ्नुपर्यो कि जनार्दनलाई हटाएर रुकुममा उठ्नुपर्यो । अरु सुरक्षित सिट कहीँ होलाजस्तो मलाई लाग्दैन ।’
व्यवसायी समेत रहेका पाण्डे यसअघिको निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग पराजित भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया