तिहारमा कैदीबन्दीको निधार खाली

लोकपथ
0
Shares

तिहारमा तनहुँ कारागारका कैदीबन्दीको निधार खाली भएको छ । तनहुँ कारागारस्थित कैदीबन्दीले आज तिहारमा दिदीबहिनीको हातबाट टीका लगाउन नपाएपछि निधार खाली भएको हो ।

यस पटक बाहिरी मान्छेलाई कारागारभित्र प्रवेश गर्ने व्यवस्था मिलाउन नसकिएको कारागारका सूचना अधिकारी नारायण अधिकारीले जानकारी दिए। “कोरोना सङ्क्रमणको जोखिमका कारण बाहिरबाट मानिसलाई प्रवेश दिन सकिएन”, उनले भने, “यस वर्ष कैदीबन्दीको तिहारमा निधार खाली भयो ।”कारागार प्रशासनले दसैंमा पनि आफन्तजनबाट कैदीबन्दीलाई टीका लगाउन निषेध गरेको थियो । यद्यपि दसैंमा भने कैदीबन्दीले आ–आफै टिका लगाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?