शौचालयमा लडेर सभामुख आईसीयूमा

पोखरा – प्रदेश ४ का सभामुख नेत्रनाथ अधिकारी शुक्रबार आफ्नै निवासको बाथरुममा लडेर गम्भीर घाइते भएका छन् ।

टाउकोमा रगत जमेको उनको मनिपाल शिक्षण अस्पतालको आईसीयूमा राखेर उपचार भइरहेको छ । आजको कान्तिपुरमा समाचार छ ।

घटनालगत्तै फेवासिटी अस्पताल पुर्याइएका उनलाई त्यहाँबाट काठमाडौंस्थित न्यूरो अस्पताल रेफर गरिएको थियो । तर हेलिकप्टर व्यवस्थापन हुन नसकेपछि मनिपाल लगिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?