नेपालको कोराना अपडेट : थप १३९ जनामा संक्रमण पुष्टि

लोकपथ
189
Shares

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ३ हजार ९ सय ३२ परीक्षणमा १ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ३ सय ९६ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या ७ लाख ९४ हजार ८ सय ३४ पुगेको छ ।

पछिल्ले २४ घण्टामा नेपालमा कोरोनाका कारण थप १ जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ४ सय ३९ जना पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?