काठमाडौँ – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पटनाबाट हेलिकप्टर चढेर जनकपुर आउने तालिका परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको थियो । त्यसैअनुसार निर्धारित समय बिहान सवा १० बजे जनकपुर विमानस्थलमा हेलिकप्टरको प्रतीक्षा भइरहेको थियो । तर, उक्त समयभन्दा १० मिनेटपछि जनकपुरको आकाशमा एटीआर विमान देखियो । जसमा थिए, मोदी ।
उनी पटनाबाट नभई दिल्लीबाट एयर इन्डियाको विमानमा जनकपुर ओर्लिए । उनी चढेको एटीआर विशेष विमान नभई एयर इन्डियाको भारतका विभिन्न क्षेत्रीय सहरमा उडान भर्ने कमर्सियल विमान थियो ।
स्रोतका अनुसार सुरक्षाका कारण मोदीको विशेष उडान विमानमार्फत गराइएको थियो । ‘हेलिकप्टर उपकरणमार्फत नभई जहाजको तुलनामा धेरै तलबाट उडान गर्ने भएकाले विमानबाट गरिएको हुन सक्छ,’ उक्त स्रोतले भन्यो । एयर इन्डियाले अढाई वर्षअघि मात्रै किनेको उक्त विमानले अवतरण गर्नुअघि एक फन्को लगाएको थियो । जनकपुर विमानस्थल प्रमुख मुरारी पौडेलका अनुसार जहाजका कमान्डरले नयाँ ठाउँ भएकाले जनकपुरमाथिको आकाशमा एक फन्को लगाएपछि पश्चिमतर्फको धावनमार्गको विन्दुबाट अवतरण गराएका थिए । यसअघि बुधबार एयर इन्डियाकै यही मोडलको विमानले जनकपुरमा ‘टेस्टफ्लाइट’ गरेर दिल्ली फर्केको थियो, आजको कान्तिपुर दैनिकमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया