अमेरिकी कुटनीतिज्ञलार्इ पाकिस्तान भ्रमणमा प्रतिबन्ध

इस्लामावाद : पाकिस्तानले अमेरिकी कुटनीतिज्ञलार्इ अाफ्नो मुलुकमा भ्रमण गर्न प्रतिबन्ध लगाएको छ । अमेरिकाले पनि पाकिस्तानमाथि यस्तै प्रतिबन्ध लगार्इरहेको छ । 

पाकिस्तानका लागि अमेरिकी राजदूतावासका कर्मचारी कर्नेल जोसेफ इमानुयल हलले चलाएको एउटा गाडीले इस्लामावादमा पाकिस्तानी मोटरसाइकल चालकलाई ठक्कर दिइएपछि गत अप्रिल ७ मा  ती नागरिकको मृत्यु भएको थियो । यहि घटनापछि पाकिस्तान र अमेरिकाबीच एक अर्को देशका कुटनीतिज्ञलार्इ अाफ्नो मुलुक भ्रमणमा प्रतिबन्ध लगाउने घोषणा शुरू भएको हो । 

पाकिस्तानले बिहीबार आफ्ना अमेरिकामा रहेका कुटनीतिज्ञमाथि यही मे ११ देखि लागु हुनेगरी यात्रा गर्न प्रतिबन्ध लगाइएको पुष्टि गरेको थियो । अमेरिकाले पहिले मे १ बाट लागु हुनेगरी पाकिस्तानमाथि प्रतिबन्ध लगाउने योजना ल्याउन लागेकोमा यसलाई १० दिन पछि सारेको थियो । 

पाकिस्तानी विदेश मन्त्रालयका प्रवक्ता मोहम्मद फैसलले कुटनीतिज्ञमाथि शनिबारदेखि नै यात्रा प्रतिबन्ध लगार्इएको जानकारी दिएका छन् ।  

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इस्लामावादमाथि गत जनवरीमा आतङ्कवाद नियन्त्रण गर्ने प्रतिवद्धता विपरीत आतङ्कवाद नियन्त्रणमा आवश्यक सहयोग नगरेको बताएका थिए । अमेरिकाले पाकिस्तानलार्इ यसअघि दिँदै अाएको शैन्य सहयोग समेत रोक्का गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?