काठमाडौं : नेपाल भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तिर्थाटनका लागि मुस्ताङको मुक्तिनाथतर्फ प्रस्थान गरेका छन्। भारतीय पक्षले सार्वजनिक गरेको भ्रमणतालिकाअनुसार ७ बजेर ५० मिनेटमा मोदीले मुक्तिनाथको दर्शन गर्ने कार्यक्रम छ ।
भारतबाटै ल्यार्इएको विशेष हेलिकोप्टरमा चढेर मोदी मुक्तिनाथतर्फ लागेका हुन् ।
मुक्तिनाथ मन्दिरमा पुजाअाजा गरेपछि मोदी जोमसोम पुग्ने र अाजै १०:३० बजे पशुपतिनाथको दर्शन गर्न काठमाडाैं फर्कनेछन् । काठमाडाैं महानगरपालिकाले अायोजना गरेको नागरिक अभिनन्दन लिर्इ मोदी अाजै भारत फर्कनेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया