कोरोनाविरुद्ध क्याप्सुल निर्माणमा बेलायतलाई सफलता

लोकपथ
390
Shares

कोभिड–१९ को उपचारको क्षेत्रमा बेलायतका वैज्ञानिकहरूले नयाँ किसिमको उपचारमा सफलता हात पारेका छन् ।

कोरोनाविरुद्धको खोपको भरपर्दो उपचारमा विश्वका वैज्ञानिकहरू लागि रहेको अवस्थामा बेलायतका वैज्ञानिकहरूले कोभिड भएका बिमारीले खान मिल्ने क्याप्सुल निर्माणमा सफलता हात पारेका हुन् । ‘मोल्नुपिराभिर’ नाम गरेको एन्टीभाइरल क्याप्सुल औषधि १८ वर्ष भन्दा माथिको उमेरका कोभिडको अत्यधिक सङ्क्रमण भएका व्यक्तिलाई उपयोगी हुने बताइएको छ । कोभिडको हल्का बिमारीलाई पनि बिहान र बेलुका खान दिँदा यो औषधि धेरै नै उपयोगी देखिएको वैज्ञानिकहरूले बताएका छन् ।

यो एन्टीभाइरल औषधिको सेवनले कोरोनाको सङ्क्रमण र लक्षणलाई चाँडै कम गरेर सेवनकर्तालाई स्वस्थ हुन मद्दत गर्ने पाइएको थियो । यो औषधिको सेवनले कोरोना सङ्क्रमणको कारण अस्पतालमा हुने बिमारीको चाप र गरिब देशमा कोरोना उपचारमा भइरहेको महँगो शुल्कलाई कम गर्न समेत मद्दत गर्ने देखिन्छ ।

बेलायतका वैज्ञानिकहरूले पाएको यो सफलताबाट अहिले अमेरिका र युरोपका वैज्ञानिकहरू पनि यस्तै किसिमको औषधि निर्माणमा हौसिएका छन् । उनीहरूले तत्काल सफलता हात नपारे पनि यो औषधिको प्रभावका विषयमा विश्लेषण गर्ने सोचमा रहेका छन् । अमेरिकाको खाद्य एवं औषधि प्रशासनले हालै यो विषयमा एक बैठक बोलाएर औषधिको गुणस्तरको विषयमा अध्ययन गर्ने जनाएका छन् ।

यो औषधि निर्माण कम्पनी ‘मर्क’ले गत अक्टोबर महिनामै ४ लाख ८० हजार क्याप्सुल ल्याइसकेको छ । यो औषधिको सेवनले धेरैलाई फाइदा गरेपछि अहिले विश्वका अन्य राष्ट्रको पनि यसतर्फ ध्यान आकृष्ट भइरहेको छ । तर निर्माता कम्पनीले कहिले देखि निर्यात गर्ने भन्ने विषयमा कुनै स्पष्ट नीति सार्वजनिक गरेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?