राजस्थानले चेन्नर्इलार्इ ४ विकेटले हरायो

जयपुर : इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत शुक्रबार भएको खेलमा राजस्थान रोयल्सले चेन्नर्इ सुपर किंग्सलार्इ ४ विकेटले हराएको छ । अंकतालिकाको दोश्रो स्थानमा रहेको चेन्नर्इमाथिको जीतसँगै राजस्थानले प्ले अफमा पुग्ने बाटो सुरक्षित राखेको छ । 

चेन्नर्इले दिएको १ सय ७७ रनको लक्ष्य पछ्याएको राजस्थानका ओपनर जोस बटलरले ६० बलमा ११ चाैका र २ छक्का प्रहार गर्दै ९५ रन जोडे । यस्तै, स्टुवार्ट बिन्नीले २२, सञ्जु सामसनले २१, कृष्णप्पा गोथमले १३ र बेन स्टोक्सले ११ रन जोड्दै टोलीलार्इ जीत दिलाए । 

टस जितेर पहिले ब्याटिङ गरेको चेन्नईका सुरेश रैनाले ३५ बल खेल्दै ६ चौका र १ छक्काको मद्दतमा टोलीका लागि सर्वाधिक ५२ रन बनाए । अर्धशतकसँगै निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ७६ रन बनाएको थियो ।

ओपनर शेन वाट्सनले ३९, कप्तान महेन्द्र सिंह धोनीले अविजित ३३, साम बिलिङ्सले २७ र अम्बाटी रायडुले १२ रन जोडे । ३१ बल खेलेका वाट्सनले २ छक्का र २ चौका प्रहार थरे । त्यस्तै धोनीले २३ बलमा १ छक्का र १ चौका प्रहार गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?