पुराना भारू साट्न र हवार्इ मार्ग दिन भारतसँग अाग्रह

काठमाडाैं : नेपालमा थन्किएका पुराना भारतीय नोट साट्न र नेपाललार्इ अावश्यक चारवटा नयाँ एयर रूट खोल्न नेपालले भारतसँग अाग्रह गरेको छ । 

नेपालमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शुक्रबार साँझ भेटवार्ता गर्दै प्रधानमन्त्री के.पी. शर्मा अोलीले यी मुद्दामाथि छलफल गरेका हुन् । 

भारतले गत बर्ष ५ सय र १ हजार रूपैयाँका नोटमा अकस्मात प्रतिबन्ध लगाएपछि नेपालमा रहेका नोटहरू अझै साट्न सकिएको छैन । सर्वसाधारणसँग र नेपाल राष्ट्र बैंकसँग रहेका यी नोटहरू सटहीका लागि अोलीले मोदीलार्इ अाग्रह गरेका हुन् । 

यस्तै, नेपालको हवार्इ उड्ययन क्षेत्रको विकास र निर्माणाधीन नयाँ क्षेत्रीय/अन्तरराष्ट्रिय विमानस्थलका लागि अावश्यक नयाँ ४ वटा हवार्इ रूट खोल्न पनि अोलीले मोदीको ध्यानाकर्षण गराएका हुन् । पोखरा र गाैतमबुद्द क्षेत्रीय/अन्तरराष्ट्रिय विमानस्थलमा उडान र अवतरण गर्न नेपालले भारतसँग नयाँ हवार्इ रूटका लागि अाग्रह गरिरहेको छ । भारतीय पक्षले हालसम्म निर्णय गरेको छैन । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?