शेरबहादुर ऐर-कैलाली । फूलमालाको पर्वका रुपमा चिनिने हिन्दुहरुको दोस्रो पर्व हो तिहार । तर, अहिले बजारमा फूलमाला अभाव हुन सक्ने पुष्प व्यवसायीहरु बताउछन ।
बेमौसमी वर्षाका कारण पुष्प व्यवसायीहरुले सोचेजती उत्पादन हुन नसकेको उनीहरु बताउछन ।
बझाङको चैनपुरमा पुष्प खेती गरिरहेका व्यवसायी हेमराज खडकाले बारीमा रोपिएका विऊमा वर्षाले असर गरेको बताए ।
‘गत तिहारमा मात्र मैले ७० किलो फूल विक्री गरेको थिए’ उनले भने –‘अहिले मुस्किलले २० किलो मात्र फूल उत्पादन भएको छ ।’
दुई वर्षदेखि व्यवसायीक रुपमा पुष्प खेती गरिरहेका उनले तिहारलाई मात्र लक्षित नगरी अन्य प्रयोजनका लागि पनि फूल उत्पादन गरिरहेको बताए । ‘मैले अहिले फेरी विऊ राखेको छु । अब मंसिरमा उत्पादन हुन्छ’ उनले भने ।
डडेलधुराको अमरगढीमा पुष्प खेती गरिरहेका जयराज पनेरुले गत वर्ष एक क्विण्टल फूल उत्पादन गरेका थिए । डेढ रोपनीमा पुष्प खेती गरिरहेका उनले भने –‘यो वर्ष आफ्नै घरका लागि पनि फूल छैन ।’
बजारमा फूल अभाव भएपछि अहिले मानिसले कृत्रिम फूलहरु प्रयोग गर्नुपर्ने बा“ध्यता रहेको छ । तिहारलाई लक्षित गर्दै हरेक वर्ष भारतबाट कृत्रिम फूलमाला व्यापारीहरुले आयात गर्ने गरेका छन ।
यस वर्ष भारतबाट कृत्रिम फूल कमै आयात भएपनि धनगढी बजारमा भने छ्यापछ्याप्ती छन ।
कैलाली भन्सार कार्यालयका अनुसार यो वर्ष कृत्रिम फूलमाला आयात कम भएको जनाइएको छ । कैलाली त्रिनगर भन्सार कार्यालयका अनुसार चालू आर्थिक वर्ष २०७८/७९ को साउनदेखि कार्तिकसम्म ७८ किलोग्राम आयात भएको छ । २०७७/०७८ मा पा“च सय १८ किलोग्राम फूलमाला आयात भएका थिए ।
त्रिनगर भन्सार कार्यालयका अनुसार चालु आर्थिक वर्षको यो अवधिमा धनगढीमा २७ हजार नौ सय ८१ मूल्यको कृत्रिम फूलमाला भित्रिएको भन्सार कार्यालयकी सूचना अधिकारी तथा भन्सार अधिकृत अम्बिका केसीले बताइन ।
उनले कृत्रिम फूलमाला आयातबाट १३ हजार सात सय ६४ रुपैया“ राजश्व संकलन भएको बताए । उनले भारतको दिल्ली, लखनउ, बरेली लगायतका शहरबाट धनगढीमा कृत्रिम फूलमाला आयात हुने गरेको बताइन ।
कैलाली भन्सार कार्यालयका अनुसार धनगढीमा हरेक वर्ष असोज र कात्र्तिक महिनामा सबैभन्दा बढि कृत्रिम फूलमाला आयात हु्ने गरेको छ ।
गत वर्ष सोही अवधिमा कैलाली भन्सार नाका हुँदै भारतबाट पा“च सय १८ किलोग्राम फूलमाला भित्रिएको थियो । सो अवधिमा एक लाख ६५ हजार नौ सय ८८ रुपैयाँको कृत्रिम फूलमाला भित्रिएको थियो भने आयातबाट ८१ हजार छ सय १६ रुपैयाँ राजश्व संकलन भएको थियो ।
कृत्रिम फूलमाला बाहेक धनगढीमा भारतबाट दीयो, मैनवत्ती, अगरबत्ति लगायतका सामानहरू आयात हुने गरेको छ । कैलालीमा त्रिनगर भन्सार नाकाबाट मात्रै नभएर सत्ती छोटी भन्सार कार्यालय, गड्डाचौकी भन्सार कार्यालय र नेपालगञ्ज भन्सार कार्यालयबाट पनि कृत्रिम फूलमाला तथा मैनवत्ती, दीयो लगायतका सामान भित्रिने गरेको छ ।
प्रायःले आफ्नो घरबारीमा सयपत्री, मखमली लगायतका फूल रोप्ने गरेको भए पनि पर्याप्त उत्पादन नहुने भएकाले धनगढी सहितका शहर बजारमा भारतबाट कृत्रिम फूलामाला आयात हुने गरेको छ । धनगढीमा पछिल्ला केही वर्षयता फूल खेती (फ्लोरीकल्च) हुने गरे पनि बजार माग अनुसार उत्पादन हुने गरेको छैन ।

एक तथ्यांक अनुसार सुदूरपश्चिममा वार्षिक १५ देखि २० प्रतिशतले फूलको माग बढ्ने गरेको भए पनि उत्पादन निकै न्युन रहेको छ । स्वदेशी उत्पादनलाई प्रबद्र्धन गर्न र प्लाष्टिकजन्य पदार्थको खपत घटाउनकै लागि सरकारले कृत्रिम फूलमालामा चर्को कर लगाएको भन्सार अधिकृत केसीले बताइन ।
उनले खरिद मुल्यमा २० प्रतिशत भन्सार शुल्क र खरिद मुल्यमा भन्सार शुल्क जोडेर १३ प्रतिशत मुल्य अभिबृद्धि कर (भ्याट) लिने गरेको बताइन । उनले समग्रमा कृत्रिम फूलमालाको खरिद मुल्यको ३४ दशमलव ४७ प्रतिशत राजश्व सरकारले लिने गरेको बताइन ।
व्यवसायी लोकनाथ गैरेले सुदूरपश्चिममा फूलखेतीको ठूलो सम्भावना रहेकोले स्थानीय जातका फूलहरूको पहिचान गरी प्रवद्र्धन गर्नुपर्ने सुझाव दिए ।
पुष्प व्यवासायीहरु भन्छन–‘खादा र कृत्रिम फूल आयात रोक्नुपर्छ’
सुदूरपश्चिम प्रदेशमा अहिले व्यवसायीक रुपमा पुष्प खेती गर्नेहरु बढीरहेको भएपनि बजारीकरणमा समस्या हुने गरेको पुष्प व्यवसायीहरु बताउछन ।
अछामको साँफेबगरमा पुष्प खेती गरिरहेका व्यवसायी सुरत भुलले भने –‘हामीले चाडबाँडलाई मात्र नभई अन्य प्रयोजनका लागि पनि फूलहरु उत्पादन गर्छौ । तर, विक्री वितरण गर्न बजार छैन ।’ फूलहरु प्राय विवाह, ब्रतबन्ध, राजनीतिक दलहरुले आयोजना गर्ने भेला, पुजापाठ लगायतमा प्रयोग हुन्छ ।
‘राजनीतिक दलहरुले आयोजना गर्ने भेला, सरकारले सञ्चालन गर्ने कार्यक्रम लगायतमा फूलभन्दा पनि खादा प्रयोग हुने गरेको छ’ उनले भने –‘यसले हामी व्यवसायीलाई प्रोत्साहन भन्दा पनि हतोत्साहित गरेको छ ।’
डडेल्धुराका फूल व्यवसायी नवराज पनेरुले गत वर्ष फूल विक्री नभएपछि गाउँघरमै निशूल्क बाडेको बताए । ‘गत वर्ष उत्पादन गरेको फूलहरु आफै र गाउँघरका माग्नेलाई बाढे । अहिले पनि पुष्प खेतीलाई निरन्तरता दिएको छु’ उनले भने –‘मुख्य समस्या भनेको फूल कसैले किनि दिदैनन् ।’ उनले फूल विक्री नहुँदा लगानी पनि उठाउन नसकिएको बताए ।
कृषि निर्देशनालय दीपायलका निर्देशक यज्ञराज जोशीले तिहारलाई मात्र लक्षित गरेर फूल उत्पादन हुने गरेको बताए । ‘फूल जुन मौसममा पनि आवश्यक हुन्छ’ उनले भने –‘यहा तिहारलाई मात्र लक्षित गरेर व्यवसायीहरुले फूल उत्पादन गर्ने गरेका छन ।’ उनले किसानले उत्पादन गरेका फूललाई बजारीकरणको समस्या हुन नदिने गरी निर्देशनालय लागेको बताए ।
उनले प्रदेशलाई फूलमा आत्मनिर्भर बनाउन निर्देशनालयले कार्यक्रम अघि बढाइरहेको बताए । उनका अनुसार व्यवसायीक फूल खेतीलाई अघि बढाउन निर्देशनालयले कृषकहरुलाई निशूल्क विऊ, आवश्यक सामाग्री तथा अनुदान दिइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया