कुर्ताको भन्सार छली गर्न खोज्दा पक्राउ

कपिलवस्तु । सीमावर्ती भारतीय बजारबाट भन्सार छलेर नेपालतर्फ कपडा भित्र्याउँदै गरेकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । 

कृष्णनगर सीमा नाकाको भारतीय बजार बढनीबाट कपडा खरीद गरी कम परिमाणमा भन्सार कागज बनाएर दाङतर्फ जान लागेकी घोराही उपमहानगरपालिका–११ की मायाकुमारी गौतमलाई इलाका प्रहरी कार्यालय कृष्णनगरले पक्राउ गरेको हो । अभियुक्त गौतमले १२५ थान कुर्ता ल्याएकीमा १६ थानको मात्र भन्सार गराएकी छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?