भक्तपुर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रदेखि प्रदेशसम्म समावेशीरुपमा मन्त्री बनाएकाले जनताका पक्षमा काम नगरे कारबाही गर्ने बताएका छन् । नेकपा (माओवादी केन्द्र) मध्यपुर नगर कमिटीले आज यहाँ आयोजना गरेको शुभकामना आदनप्रदान कार्यक्रममा उनले जनताका पक्षमा काम नगर्ने मन्त्रीलाई तत्काल पार्टीले कारबाही गर्ने उल्लेख गरे ।
पार्टीको जति ठूलो पदमा रहेको नेता भए पनि जनताका पक्षमा काम नगर्ने मन्त्रीलाई कारबाही गरिने अध्यक्ष प्रचण्डले बताए । उनले भने, “मन्त्रीलाई जनताका पक्षमा काम गर्न भनेका छौँ, नगरे तुरुन्तै कारबाही गर्छौँ ।” तत्कालीन एमाले र माओवादी गठबन्धनको चुनावी घोषणापत्र राम्रो बनाएको भए पनि सरकारको नेतृत्व गर्नेले त्यसलाई कार्यान्वयनमा नलगेको प्रचण्डले आरोप लगाए ।
केन्द्रमा सरकार बनाउँदा समावेशीरुपमा तीन महिला, तीन पुरुष गरी ५० प्रतिशत महिलालाई सहभागी गराएको उनले उल्लेख गरे । शहीदका छोराछोरी, आदिवासी, जनजाति, दलित र खसआर्यलाई सरकारमा समेटेर समावेशीताको नमूना प्रस्तुत गरेको उनको भनाइ थियो । पार्टीमा गुट र प्रतिक्रान्तिकारीसँगको साँठगाँठका कारण पार्टी कमजोर र हेपिएको उनले बताए ।
एमालेसँगको एकतापछि नेकपामा केपी शर्मा ओलीका कारण माओवादीको नीति र सिद्धान्तलाई सिध्याउने खेल भएको भन्दै अध्यक्ष प्रचण्डले ओली सरकारबाटै सङ्घीय लोकतान्त्रिक गणतन्त्र उल्टाउने काम भएको आरोप लगाए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया